चन्द्रकलालाई न्याय दिलाउन झापाका दलित सङ्घसंस्था आन्दोलित
झापा, १३ भदौ । एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेलाई कु टपि ट र जातीय विभेद गर्ने दो षीमाथि कानूनी कारवाहीको माग गर्दै यहाँका दलित अधिकारवादी सङ्घसंस्था आन्दोलित भएका छन् ।
संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिले आज मेचीनगरमा पत्रकार सम्मेलन गरी पीडितलाई न्याय र पीडकलाई स जाय दिलाएरै छाड्ने प्रतिबद्धता जनाएको छ । राष्ट्रिय खेलकूदमा एथ्लेटिक्सकी स्वर्ण पदक विजेता चन्द्रकला र उहाँका पति सुमन खातीलाई यही भदौ ८ गते सोमबार राति ८ः०० बजेतिर आफ्नै घरमा खाना खाइरहेका बेला छिमेकी दुर्गा श्रेष्ठ र विष्णुमाया श्रेष्ठले नि र्घात कु टपि ट गरेका थिए । सात महिनाकी गर्भवती चन्द्रकलालाई कु टपि टमा संलग्नले जातीय वि भेद गर्दै तथानाम गा लीगलौ जसमेत गरेका थिए ।
संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिका जिल्ला अध्यक्ष हुकुमसिंह नेपालीले जातीय विभेद र कु टपि टको घटनामा संलग्न दो षीमाथि हदैसम्मको कानूनी का रवाही र पीडितलाई उचित क्षतिपूर्तिको समेत माग गर्नुभयो । उहाँले चन्द्रकला मुलुककै गहना बनिसकेको व्यक्ति भएको उल्लेख गर्दै दो षीमाथि जातीय भे दभाव तथा छु वाछूत कसुर स जाय ऐन २०६८ र नेपालको संविधान २०७२ बमोजिम कडा कानूनी का रवाही हुनुपर्ने बताउनुभयो ।
मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य निरु परियारले २१औँ शताब्दीमा जातीय वि भेद असह्य भएको धारणा व्यक्त गर्दै दो षीलाई उन्मुक्ति दिने प्रयास नहोस् भनेर अधिकारकर्मी आन्दोलित हुन बाध्य भएको बताउनुभयो । मेचीनगर दलित समन्वय समितिका अध्यक्ष ध्रुव कनालले पीडित पक्षलाई मिलापत्र गर्न दबाब दिइएकामा आपत्ति प्रकट गर्दै छु वाछूतमुक्त घोषणा गरिएको मेचीनगरमा यस्तो घटना हुनु दुःखद् भएको उल्लेख गर्नुभयो ।
पीडित चन्द्रकला चार दिनको उपचारपश्चात बीएण्डसी हस्पिटलबाट घर फर्किनुभएको छ । हस्पिटलका चिकित्सकले गर्भमा रहेको शिशुलाई सिजरिङ गरेर जन्माउनुपर्ने सुझाव दिएको उहाँले बताउनुभयो । उहाँले कु टपि टका कारण गर्भमा रहेको शिशुको स्वास्थ्य बारेमा आफूलाई बढी चिन्ता लागेको बताउनुभयो ।
कु टपि टमा संलग्न पक्राउ
राष्ट्रिय एथ्लेटिक्स खेलाडी चन्द्रकला र उहाँका पति सुमनमाथि जातीय वि भेद गर्दै कु टपि ट गर्ने कार्यमा संलग्न दुर्गा श्रेष्ठ र विष्णुमाया श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
धुलावारी इलाका प्रहरी कार्यालयमा चन्द्रकलाका पति सुमनले जातीय भेदभावको कसुर भएको भएको भन्दै पीडकवि रुद्ध किटानी जाहेरी दिनुभएको थियो । जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने म्याद थप गरी हाल घटनाको अ नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।