‘बिरामीको सेवा गर्ने क्रममा कोरोना भाइरस सर्दा किन तिरस्कार गर्नुहुन्छ’ : नर्स रन्जिता


काठमाडौँ । कोरोना भाइरस कोभिड-१९ को प्रत्यक्ष सम्पर्कमा रहनु पर्ने पेशा हो स्वास्थ्यकर्मी पेसा । यस्तो विषम परिस्थितिमा उनीहरुको सबैले उत्साह बढाई दिनु पर्नेमा धेरै गलत क्रियाकलाप भएका खबरहरु पनि आईरहेका छन ।

यस्तै कोरोनाभाइरस सङ्क्रमितको उपचार र हेरचाहमा खट्दै गर्दा नर्स रन्जिता थापालाई पनि कोरोना संक्रमण भयो । आफु संक्रमितको सेवामा खट्ने क्रममा संक्रमित भएको हुदा हुदै पनि समाजले हेर्ने दृष्टिकोण गलत रहेको उनि दुखेसो पोख्छिन ।

परिवारले नै जागिर छाड्न सुझाव दिए पनि उनी आफ्नो कर्तव्यबाट पछि नहटेको बताउँछिन्। २७ वर्षीया थापा समाजले कोरोना संक्रमितलाई तिरस्कार गरेको प्रति दुखेसो पोख्छिन । स्वास्थ्यकर्मीहरु निश्वार्थ विरामीको सेवामा लाग्दा पनि गरेको गलत व्यवहारले निक्कै चित्त दुखेको उनि बताउछिन ।

नर्स थापासँग बिबिसीकी सृजना श्रेष्ठले गरेको कुराकानीका केहि अंश हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस