पाटन अस्पतालमा उपचाररत ललितपुरका २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु
काठमाडौं, १४ भदौ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।
ललितपुर निवासी २९ वर्षीय ति युवकको शनिबार बेलुका १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनि गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए । मृतक युवकमा कुनै रोग थियो कि थिएन भन्ने कुरा जनस्वास्थ्य कार्यालयले खुलाएको छैन ।