आज थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस कोभिड-१९ बाट आज थप १ हजार २२८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य महिला ३९४ र ८३४ जना पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ४२ हजार ८७७ जना पुगेको छ । काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण देखिएको छ । त्त्यस मध्य काठमडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेका छन । यो संगै काठमाडौँ उपत्यकामा थप साबधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २४ हजार २०७ जना रहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु पुष्टि भएको छ । मृतक मध्य ४ जना महिला र २ जना पुरुष रहेका छन् ।

मृतकहरुमा चितवनको ४० वर्षीय एक महिला, भक्तपुरको ४० वर्षीय एक महिला, तनहुको ९२ वर्षीय एक महिला, रुपन्देहीको ७७ वर्षीय एक महिला, सिन्धुपाल्चोकको ७७ वर्षीय एक पुरुष र रुपन्देहीको ६५ वर्षीय एक पुरुष रहेका छन्

यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या २५७ पुगेको छ । यो कुल संक्रमितको ०.६ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस