भक्तपुरकी ४० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्युः भक्तपुरमा १० मृतक


मिर्गौला रोगबाट पीडित एक महिलाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ दुवाफल्चाकी ४० वर्षीया महिलाको पाटन अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।

ती महिलालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि यही भदौ ३ गते अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा गए राति मृत्यु भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । मृतक महिलाका श्रीमान्सहित परिवारका अन्य दुई जनामा पनि सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमा राखिएको बताइएको छ । यससँगै भक्तपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने १० जना पुगेका छन् । तीमध्ये पाँच मध्यपुरथिमि, चार सूर्यविनायक र एक जना भक्तपुर नगरपालिकाका हुन् ।

प्रतिक्रिया दिनुहोस