ढोरपाटन बाढी ः विपद्मा हातेमालो


ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीले पु¥याएको जनधनको क्षतिबारे बिहीबार सबेरै खबर फैलियो ।

ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले पनि सामाजिक सञ्जालमार्फत घटना थाहा पाउनुभयो । छिमेकी नगरपालिकामा निम्तिएको विपद्ले उहाँको मन नछनुे कुरै भएन । “बाढीले बस्ती नै बगाएको, मानिसहरुको बिचल्ली भएको थाहा पाउनासाथ तुरुन्तै राहत सामग्री लिएर हामी ढोरपाटन गयाँै”, उहाँले भन्नुभयो । बाढीमा घरबास गुमाएका परिवारलाई तत्काल चाहिने त्रिपाल, भाँडाकुँडा, खाद्यान्न र प्राथमिक उपचारमा प्रयोग हुने औषधि प्रदान गरिएको अध्यक्ष घर्तीले बताउनुभयो ।

ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुनले अहिलेसम्म रु दुई लाख ३० हजार बराबरको राहत सामग्री प्राप्त भएको जानकारी दिनुभयो । स्थानीय तहका तर्फबाट शुरुमा ताराखोलाबाट राहत सहयोग आएको उहाँको भनाइ छ । अध्यक्ष घर्तीसहित ताराखोलाबाट गएको टोली दुई दिनसम्म उद्धार र राहतमासमेत खटिएको थियो ।

बिहीबार नै नेपाली काँग्रेसका क्षेत्रीय सभापति द्रोण कुँवर, महाधिवेशन प्रतिनिधि जीत शेरचन लगायतको टोली हेलिकप्टरमा राहत लिएर ढोरपाटन पुग्यो । बाढीबाट प्रभावित ७५ परिवारका लागि त्रिपाल, खाद्यान्न सामग्री र नगद प्रदान ग¥यो । आपत्कालीन सहयोग उपलब्ध गराइएको र थप राहत जुटाउने सभापति कँुवरले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीलगायत सङ्घसंस्था तत्कालै मानवीय सहायताका लागि बाढीग्रस्त क्षेत्रमा पुगे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङले रु एक लाख ५० हजार बराबरको खाद्यान्न र लत्ताकपडा सहयोग गरेको अध्यक्ष गणेश पौडेलले बताउनुभयो । बाढी प्रभावितको राहत तथा पुनःस्थापनामा सघाउन देश, विदेशमा स्वतःस्र्फूत रुपमा सहयोग अभियान थालिएका छन् ।

गलकोट समाज जापानले शुरु गरेको अभियानमार्फत दुई दिनमै रु १० लाखभन्दा बढी रकम उठेको जनाइएको छ । ‘इनसाइड बागलुङ’ र ‘युएसबी सेवा प्रालि’ ले थालेको राहत अभियानमा हालसमम रु एक लाख २० हजार सङ्कलन भएको प्रालिका अध्यक्ष आकाश ‘युएसबी’ थापाले बताउनुभयो ।

जिल्ला सहकारी सङ्घले पनि राहत अभियान चलाउने भएको छ । सङ्घका पदाधिकारी र सदस्यहरुबाट रु ६० हजार सङ्कलन भइसकेको छ । सङ्घले देशभरका सहकारी सङ्घसंस्थालाई बाढी प्रभावितको सहयोगमा जुट्न आग्रह गरेको छ । सदरमुकामस्थित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले सञ्चालक, कर्मचारी र शेयर सदस्यबाट सहयोग जुटाइरहेको छ ।

सहकारी, सामाजिक सङ्घसंस्था, उद्योगी, व्यवसायी, राजनीतिक दलका युवा, विद्यार्थी र महिला सङ्गठनलगायत पनि राहत अभियानमा जुटेका छन् । ढोरपाटन नगरपालिकाका उपप्रमुख पुनले विपद्को घडीमा सबैको हातेमालो चाहिने बताउनुभयो । उहाँले सङ्कलित राहतलाई एकद्वार प्रणालीमार्फत बाढी प्रभावित परिवारलाई वितरण गरिने प्रतिबद्धता जनाउनुभयो । “तत्कालै चाहिने राहत सामग्री वितरण भइरहेको छ, सङ्कलन हुने क्रम पनि जारी छ”, उहाँले भन्नुभयो । नगरपालिकाले आफ्नो तर्फबाट पनि राहत योजना ल्याउने तयारीमा छ ।

सरकारी निकायसँगै जनस्तरबाट समेत बाढी प्रभावितको राहतका लागि अग्रसरता बढाइएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीषले मानवीय दायित्व निभाउनुपर्ने बेला आएको बताउनुभयो । उहाँले बाढी प्रभावितप्रति दुःख र समवेदना प्रकटमात्र गरेर नहुने भन्दै विपद्मा सहयोगको संस्कारलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले बाढी प्रभावित क्षेत्रमै पुगेर बाढीबाट क्षतिग्रस्त घर र भौतिक संरचनाको पुनःनिर्माण सरकारले गर्ने बताउनुभएको थियो । मृतकका परिवारलाई रु दुई लाख र आफैँले घर बनाउन चाहेमा रु तीन लाख उपलब्ध गराउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभएको थियो ।

बुधबार राति भुजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिकामा ठूलो मानवीय र भौतिक क्षति निम्ताएको छ । बाढीमा परी बेपत्तामध्ये १४ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । २४ जना अझै बाढीमा बेपत्ता छन् । बाढीले सडक, विद्यालय, स्वास्थ्यचौकी, झोलुङ्गे पुल, लघुजलविद्युत्लगायत सयौँ भौतिक संरचनामा क्षति पु¥याएको छ ।

बाढीले ८० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुगेको ढोरपाटन नगरपालिकाले जनाएको छ । बाढीबाट वडा नं ९ सबैभन्दा बढी प्रभावित बनेको छ । बाढीमा बेपत्ता भएकाको खोजी जारी रहेको बुर्तिबाङ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस