इन्डियन आर्मीको जागिर छोडेर कृषिमा, लाखौको आम्दानी (भिडियो सहित)


झापा रोजगारीका लागी लाखौँ नेपाली दाजुभाई तथा दिदिबहिनी बिदेशिएका छन् । नेपालमा रोजगारी भएन ,गर्ने ठाउँ भएन जस्ता गुनासा उनिहरुको छ ।

बिदेशमा लाखौँ मध्ये केहि केहिले राम्रा अवसर पाए पनि धेरैले दुख पाएका छन् । केहिले त बिदेशमा सिकेको ज्ञान र कमाएको पैसा लगानी गरी ब्यापार ब्यवसाय गरेका छन् । तर धेरै युवाको अवस्था जस्ताको तस्तै यहि परिपेक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकका एक ब्यक्तिले २ करोड बढीको लगानीमा कृषि फर्म सञ्चालन गरीरहेका छन् । जसको नाम रहेको छ पाथीभरा कृषि फर्म ।

दमक १ मा रहेको फर्मबाट बार्षिक १५ लाख बढी कमाई हुन्छ । फर्मको सञ्चालक हुन् दमक १ का प्रेम बहादुर बेघा । आज भन्दा १० बर्षअघि १२ हजारको लगानीमा २ सय कुखुराबाट शुरु गरेको उनको ब्यावसाय अहिले २ करोड बढीको छ । उनको फर्ममा विभिन्न प्रकार लोकल कुखुरा ,गिरिराज,कड्कनाथ ,जापनीज ,फाईटर पोलिस र सिल्की जताका कुखुराहरु रहेका छन् । यस्तै फर्ममा चर्चित जातका पन्छिहरु टर्की ,तिथ्रा,हाँस ,बटाई ,विदेशी तथा स्वदेशी जातका परेवा,कुकुर, माछा लगायत छन् । उनको फर्म ३ बिग्घा ८ कठ्ठामा फैलिएको छ । उनका फर्ममा ६ जना कर्मचारीले मासिक १५ हजार बढी तलव सुविधा पाउँछन् ।

सो फर्मबाट अण्डा ,बच्चा र मासु पाउँनुका साथै अन्य ब्यवसाय गर्न चाहने किशानहरुलाई प्राविधिक सल्लाह समेत दिइने फर्म सञ्चालक बेघाले बताए । उनि सोही फर्मबाट मसिना चल्ला उत्पादन गर्छन् । उनलाई प्रदेश १ सकारले रु १५ लाख बराबरको ह्याचरी खरिदका लागी अनुदान रकम दिएको रहेछ । त्यसमा उनले ५ लाख थपि रु २० लाखमा ह्याचरी खरिद गरी चल्ला उत्पादन गरेर बेच्दा रहेछन् । उनि, उनका श्रीमती र छोरा पनि दिनरात फर्ममा खटिइने रहेछन् । उनको फर्ममा रहेका सबै कुखुरा र पन्छिका लागी प्रदेश १ लगायत देशभरबाट माग आउँदो रहेछ । उनले माग अनुसार चल्ला ,अण्डा ,मासु पठाउँने रहेछन् । उनि पशुपन्छि सम्बन्धी तालिम पल्टनमै हुँदा लिएको बताउँछन् ।

अहिले कुखुरा तथा पन्छीमा देखिएका रोगहरुको उनि आफै उपचार पनि गर्दा रहेछन् । पाँचथरको च्याङ्थापुमा वि.स.२०२७ सालमा जन्मिएका बेघाले देशकै लागि नमुना काम गरेर देखाएका छन् । उनि भन्छन् सानो लगानीमा पनि यहि मनग्ये आम्दानी गर्न सकिन्छ ।,उनले थप्दै भने नेपालमा नै यस्ता पेशा ब्यवसाय गर्न सके खाँडीको ५० डिग्रि घाममा पसिना चुहाउन पर्दैन । बेघाले पाथिभरा कृषि फर्मलाई अझै बिस्तार गरेर फलफुल ,तरकारी र बंगुर र माछापालन गर्ने तयारी गरेका छन् । आफुहरुले पालेका पशुपन्छीबाट उत्पादित मल प्रयोग गरेर अग्र्यानिक फलफुल र तरकारी उत्पादन गर्ने उनको योजना छ ।

तर उत्पादित तरकारी र फलफुलका लागी बजारीकरण तथा अन्तराष्ट्रिय निर्यातका लागी सरकारले पहल नगर्दा समस्या आएको उनको भनाई छ । यसतर्फ पनि सरकारले ध्यान दिए कृषिप्रधान नेपालको समृद्धी र बिकास हुने उनको दाबि छ । लिम्बू दाइको करोडौंको कृषि फर्ममा पुग्दा उनले विभिन्न बिदेशी जातका पशुपन्छी देखाउदै उनले त्यहाँका सम्पुर्ण कुराहरु साथै कृषिबाट सफल हुने तरिकाहरु यसरी बताए तलको भिडियोमा हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस