तिन वर्ष अघि बन्द भएको जग्गा कित्ताकाट पुन खुल्ला (मन्त्रालयको निर्णयसहित)


आज भन्दा तीन वर्ष अघि वि.स.२०७४ सालमा कृषियोग्य जग्गाको खण्डीकरण रोक्ने निर्णय भएको थियो ।

तिन वर्ष पछि  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पून: जग्गाको कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको छ । जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको मन्त्रालयको निर्णयमा भनिएको छ ।

बन्द रहेको कित्ताकाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमाकुमारी अर्यालले फुकुवा गर्ने निर्णय गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस