ब्रा उन सुगरसहित सीमा क्षेत्रबाट दुई पक्राउ


कञ्चनपुरको बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट ला गु प दार्थ ब्रा उन सुगरसहित दुई जनालाई सश स्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । सश स्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सश स्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्रा उन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वेदकोट नगरपालिका–९ सुन्दरपुरका २९ वर्षीय पृथ्वी डगौरा र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश राना रहेको सश स्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सश स्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो ।

दशगजा क्षेत्रमा भारतीयहरुले कालो प्लाष्टिकमा माटो बाँधेर ब्रा उन सुगर नेपाली सीमातर्फ फालेका थिए । उक्त स्थानमा रहेका डगौरा र चौधरीको खानतलासी लिँदा उनीहरुको साथबाट ब्रा उन सुगर बरामद भएको थियो । नि यन्त्रणमा लिइएका दुवैलाई बिओपी भुडामा ल्याइएको छ । बरामद ब्रा उन सुगर र नि यन्त्रणमा लिइएका दुवैलाई नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको छ ।

महाकालीमा डुबेका युवकको शव पाँच दिनपछि फेला

महाकाली नगरपालिका–९ का १८ वर्षीय प्रिन्स सुनारको शव पाँच दिनपछि सोमबार साँझ फेला परेको छ । महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका सुनारको शव नेपाली सेनाको टोलीले फेला पारेको हो ।

बिहीबार सुनार नदीमा नुहाउने क्रममा डुबेका थिए । सश स्त्र प्रहरी र सनसेट युथ भोलियन्र्टसको टोलीले समेत तीन दिनसम्म सुनारको महाकाली नदीमा खोजी गरेको थियो । सुनारको शव परीक्षण गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको सनसेटका अध्यक्ष रमेश भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस