आज थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस कोभिड-१९ बाट आज थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ४९ हजार २१९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १६७ पिसीआर परिक्षण  गरिएको छ । पछिल्लो २४ घण्टामा मात्र ९१८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ३३ हजार ८८२ जना रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३१२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस