कोरोना कहर : कोठा भाडा तिर्न नसकेपछि घरबेटीले घरबाट निकाले, अहिले साथीको शरणमा छु (भिडियो)


काठमाडौ । कोरोना महामारीसंगै अहिले काठमाडौमा धेरै सर्बसाधारणको अवस्था नाजुक छ। धेरैले आफुले गर्दै आएको जागिर गुमाएका छन् ।

मजदुरी गरि खाने वर्गको बिहान बेलुका दुई छाक टार्न प्राय मुस्किल बनेको छ । त्यस्तै अर्को वर्ग विद्यार्थी जो सबै भन्दा धेरै कोरोना महामारीमा पिडित बनेको छ । एकातिर रोजगारी गुमेको छ भने अर्को तिर घरबेटीलाई घरभाडा तिर्ने र साँझ बिहान खानाको लागि आर्थिक जोहो गर्न मुस्किल परेको अवस्था छ । यस्तै पिडामा परेकी छन मधु राया ।

गोर्खाकी मधु काम गर्दै काठमाडौँमा अध्ययनरत विद्यार्थी हुन् । लकडाउन भएपछि उनको रोजगारी गुम्यो । रोजगार गुमेपछि उनले बस्दै आएको कोठाको भाडा तिर्न सकिनन् । अन्तत घरबेटीले उनलाई कोठाबाट निकालेको उनि बताउछिन । अहिले उनि आफ्नो एक साथीको शरणमा छिन ।

भिडियो कुराकानी हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस