कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३१७ पुगेको छ ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप १ हजार २४६ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १४४ पिसीआर परिक्षण  गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८१८  जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ३५ हजार ७०० जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस