सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित थप १७ सङ्क्रमित


जिल्ला प्रहरी कार्यालयका प्रमुख सहित १७ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख ४४ वर्षीय प्रहरी उपरीक्षक, ४५ वर्षीय प्रहरी नायव उपरीक्षक सहितअन्य १७ जनालाई कोरोना सङ्क्रणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा उहाँहरुकोे पिसिआर परीक्षण गरिएको बताइएको छ । अहिले उहाँहरु होम आइसोलेशनमा बस्नुभएको जनाइएको छ । सप्तरीमा हालसम्म ५७ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी साढे तीन सय कैदीबन्दी रहेको जिल्ला कारागारमा रहेका ९ जना कैदीबन्दी र दुई प्रहरीमा आज कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमित कैदीबन्दीको सङ्ख्या १५ पुगेको छ ।

आज नै गरिएको परीक्षणमा गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत एक नर्स र १ स्वीपर समेत कोरोना सङ्क्रमित भएका छन् । उनीहरु ३३ र ३८ वर्षीया महिला हुन् । यसैगरी राजविराज नगरपालिका–३ का ७१ वर्षीय र ६ का २८ वर्षीय पुरुष समेत सङक्रमित भएका छन् । जिल्लामा सङ्क्रमितको सङ्ख्या १६६ महिलासहित ९९१ पुगेको छ । ती मध्ये एक महिलासहित ८ जनाको मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ६८२ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस