बंगलादेशले उपलब्ध गराएको औषधि स्वदेश ल्याइयो


बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत आज साँझ पाँच हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । सहायकरथी आशिषनरसिँह राणाका नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले ल्याएको उक्त औषधि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । ––

बंगलादेशले कोभिड–१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने पाँच हजार थान रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ । उपहारस्वरुप प्राप्त भएको उक्त औषधि नेपाली सेनाको स्काई ट्रकमार्फत शनिबार साँझ काठमाडौँ ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । पाइलट सहायकरथी आशिष नरसिह राणाको नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले काठमाडौँ ल्याएको उक्त औषधि आइतबार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । तस्वीर ः नारायण न्यौपाने, रासस
प्रतिक्रिया दिनुहोस