हुम्लामा तीन हप्तादेखि टेलिफोन सेवाबाट बञ्चित


हुम्लाको सर्केगाड गाउँपालिका–२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र उनापानी गाउँका करिब ६०० घरधुरीका वासिन्दा सञ्चार सेवाबाट बञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीय र टाढा रहेका आफन्तहरुसँग सम्पर्क गर्न नपाएको उनीहरुको गुनासो छ ।

तीन हप्तादेखि टावरमा समस्या आएपछि मर्मतको लागि टेलिकम शाखा सिमकोटमा बारम्बार जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको रिप गाउँका स्थानीय वीरजन महताराले बताउनुभयो । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस