आज सार्बजनिक हुदै बिएस६ भर्जनको केटियम ड्यूक २०० र २५० (मुल्य सहित)


प्रिमियम रेसरेडी बाइक केटीएमको बीएस ६ इन्जिन युक्त नया मोडलको दुई बाइक ड्यूक २०० र ड्यूक २५० आज सार्वजनिक गर्दैछ ।

यी दुई बाइकको बुकिङ भने कम्पनिले यस अघि नै खुलाएको थियो । ग्राहकले ३० हजार रुपैया बुझाएर बुक गरेका थिए । सबै भन्दा सुरुमा बुक गरेका ग्राहकहरुले बाइक डेलिभरी पाउने छन । नेपालमा केटीएम नै पहिलो कम्पनि बनेको छ जसले बीएस ६ इन्जिन युक्त मोटरसाइकल नेपाल भित्र्यायो ।

बिएस६ भर्जनको ड्यूक २०० निक्कै आकर्षक डिजाइनमा आएको छ । डिजाइनको हिसाबले ड्यूक २०० र २५० लगभग उस्ता उस्तै छन । फरक इन्स्ट्रुमेन्ट कन्सोलमा रहेको छ । ड्युक २५० मा ठुलो टीएफटी स्क्रिन छ भने ड्युक २०० मा पहिले कै सामान्य इन्स्ट्रुमेन्ट कन्सोल जुन फुल डिजिटल कन्सोल रहेको छ ।

केटीएम ड्यूक २०० मा १९९.५ सीसी सिंगल सिलिन्डर, एफआई, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यसले १०००० आरपीएममा २५ पीएस पावर तथा ८००० आरपीएममा १९‍.३ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी ड्यूक २५० मा २४८.८ सीसी सिगंल सिलिन्डर लिक्वीड कुल्ड एफआई इन्जिन रहेको छ । यो इन्जिनले २९.६ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । दुवैमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

दुवै बाइकमा फुल एलइडी लाइट, गियर इन्डिकेटर, अलोय ह्वील, एबीएस, यूएसडी फर्क जस्ता फिचर रहेको छ । दुवै बाइकमा १३.५ लिटरको फ्युल ट्यांक रहेको छ ।

कम्पनिले नया बीएस ६ ड्यूक २०० को मूल्य ५ लाख ४० हजार र बीएस ६ ड्युक २५० को मूल्य ६ लाख ४० हजार रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस