कोरोनाको संकटपछि आ त्मह त्याको अबस्था


विश्वव्यापीरुपमा नै जटिल समस्या बन्दै गएको छ आ त्मह त्या । यसकाे रोकथाम तथा जनचेतना अभिवृद्धिकाे उद्देश्यका साथ प्रत्येक वर्षकाे सेप्टेम्बर १० मा विश्व आ त्मह त्या रोकथाम दिवस मनाइँदै आएको छ । यस वर्ष पनि साेही दिन ‘आ त्मह त्या रोकथाममा सबैको सहकार्य’ मूल नाराका साथ यो दिवस मनाइँयो ।

यस वर्ष कोरोनाको संकट र लकडाउनले शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक, आर्थिकजस्ता सबै पाटोलाई असर पुर्‍याएको छ । यसले सबै तह, तप्का, उमेर र समुदायका व्यक्तिलाई प्रभाव पारेको छ । यस संकटपछि आ त्मह त्या गर्नेको संख्या निकै बढ्यो । आ त्मह त्याको अवस्था भयावह हुँदै भन्नेजस्ता समचार हिजोआज आइरहेका छन् । आ त्मह त्यालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर समेत हेर्ने गरिएको छ । तर, आ त्मह त्या अहिलेको मात्र समस्या भने होइन ।

नेपालमा पनि आ त्मह त्या पहिलेदेखि नै जनस्वास्थ्य क्षेत्रको एउटा ठूलो समस्या र चुनौतीका रूपमा देखापर्दै आएको छ । नेपालमा आ त्मह त्या गर्नेको दर प्रत्येक वर्ष ८–१० प्रतिशतले वृद्धि हुँदै गइरहेको देखिन्छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार यस वर्ष आ त्मह त्याबाट ज्या न गुमाउनेहरुको कूल संख्या ६,२७९ रहेको छ । यसरी हेर्दा दैनिक १७ जनाले आ त्मह त्याबाट ज्या न गुमाउने गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ५,७५४ जना नेपालीले आ त्मह त्याबाट ज्या न गुमाएका थिए, जुन सरदर दैनिक १६ जना पर्न आउँछ ।

यसरी हुन्छ मलजल

प्रकृतिक विपत्ति पर्दा, रोग–ब्याधि फैलँदा वा अरू कुनै हिसाबले असहज र जोखिमपूर्ण अवस्था सिर्जना हुँदा मा नसिक रोग तथा आ त्मह त्याको दर बढेर जाने जोखिम हुन्छ । यद्यपि आ त्मह त्या लकडाउनपछिको मात्रै समस्या हो या लकडाउनपछि भ यावह भएको छ, पहिले यस्तो थिएन भन्ने बुझाइ सरासर गलत हो । लकडाउनभन्दा पहिले र लकडाउन पछिको तुलना गर्ने हो भने खासै फरक देखिँदैन । तर, बढ्दै जाने संकेतहरु भने देखापर्न थालेका छन् ।

बालबालिकामा भने यसबीच आ त्मह त्या गर्ने दर बढेर गएको देखिन्छ । यो दुःखद् पक्ष हो । आ त्मह त्या एकदमै संवेदनशील विषय हो । आ त्मह त्याको समचारलाई अतिरञ्जित र सनसनीपूर्ण बनाउनु हुँदैन । यसले समाजमा झनै नकारात्मक असर पुर्‍याउँछ; डिप्रेसनमा रहेका र आ त्मह त्याको सोच बनाएकाहरुमा आ त्मह त्या गर्ने आँट बढ्छ; बालबालिकाहरुले त्यसको सिको गर्न सक्छन् ।

आ त्मह त्या आँकडा

आ त्मह त्या नेपालको मात्र समस्या पनि होइन, यो विश्वकै साझा समस्या हो । विश्वमा प्रत्येक ४० सेकेन्डमा एक जनाले आ त्मह त्या गर्छ भने प्रत्येक ३ सेकेन्डमा १ जनाले आ त्मह त्याको प्रयास गर्दछ । एउटाले आ त्मह त्या गर्दा अरू पच्चीस व्यक्तिले आ त्मह त्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आ त्मह त्या गर्न गम्भीररूपमा सोचेका हुन्छन् । प्रत्येक वर्ष विश्वमा सरदर ८–१० लाख व्यक्तिले आ त्मह त्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन् । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारीलगायतका कारणहरूबाट हुने मृत्युभन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषहरुले बढी आ त्मह त्या गर्ने गरेका छन् । तर, आ त्मह त्याको प्रयास भने पुरुषभन्दा महिलाले बढी गरेको देखिन्छ ।

प्रायः सबै मानिस दीर्घजीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । ‘म र्ने कसैको रहर हुँदैन’ तर किन कोही आ त्मह त्या गरेर आफ्नो जीवन आफैं समाप्त पार्न खोज्दछ त ? आ त्मह त्याको अवस्थामा पुगेका बेला व्यक्तिले पक्कै पनि आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएको देख्छ होला । म र्नुबाहेक अरु कुनै पनि विकल्पहरू भेट्दैन होला । ऊ चरम निराशामा डुबेको हुन सक्छ ।

के हुन् मूल कारण ? को बढी जोखिममा ?

कसैले आ त्मह त्या गर्ने अवस्थामा पुग्नुका पछाडि धेरै कारणहरू हुन सक्छन् । आ त्मह त्याको ९० प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डि प्रेसन मुख्य हो । क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउदा वा अत्यधिक जाँड–र क्सी, ला गू प दार्थको से वन तथा कडा खालका मा नसिक रोग लागेर पनि व्यक्तिले आ त्मह त्या गर्न सक्छ ।

व्यक्तिले आफ्नो व्यक्तिगत कमजोरीका कारण आ त्मह त्या गर्ने होइन । आनुवांशिक, मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक तथा अन्य तत्त्वहरूको संयुक्त प्रभावका कारण आ त्मह त्या हुने गर्दछ । धेरैजतो केसमा आ त्मह त्याको प्रयास वा आ त्मह त्यालाई मानसिक रोगको एउटा लक्षणका रूपमा लिनु पर्दछ । जसरी कुनै–कुनै शारीरिक रोगमा केही व्यक्तिहरु उच्च जोखिमा हुन्छन्, त्यसैगरी केही व्यक्तिहरु मा नसिक रोग र आ त्मह त्याका हिसाबले उच्च जोखिममा हुन सक्छन् । मा नसिक रोग (डि प्रेसनमा रहेका), कुनै दुखद् घटनाले धेरै प्रभावित भएका, पटक–पटक आ त्मह त्याको प्रयास गरेका, त नावपूर्ण पेशामा भएका, पारिवारिक झैझगडामा परेका, आर्थिक संकटमा रहेका, बेरोजगार, ला गू प दार्थको कु लतमा फसेका आदि व्यक्तिहरुमा आ त्मह त्याको जो खिम बढी हुन सक्छ ।

गलत साेच, नकारात्मक परिणाम

मा नसिक रोग जोसुकैलाई लाग्न सक्दछ । मा नसिक रोग र आ त्मह त्यालाई हाम्रो समाजले फरकरुपमा लिन्छ, फरक तरिकाले बुझ्छ । मा नसिक रोगलाई ‘पूर्वजन्मको पाप’ र ‘अ पराध’ ठान्छ अनि ‘देवी–देवता’ वा ‘कुलदेवता बिग्रेको’ ठान्छ । आ त्मह त्या गर्नेलाई समाजले पानीम रुवा र लाछीको उपमा समेत दिन्छ । आ त्मह त्या गर्नेको अनुहार हेरियो भने ‘अगति परिन्छ’ भनेर अनुहार लुकाउँदै र नाक खुम्चाउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आ त्मह त्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म हुने गरेको पनि पाइन्छ । मानसिक रोग तथा आ त्मह त्याप्रतिको गलत बुझाइ या धारणा र सोचमा परिवर्तन आउनु आवश्यक छ ।

‘हरपल म रीम री बाँच्नुभन्दा त एकै पलमा मर्ने मन लाग्न सक्छ, त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ’– सत्य र स्वरूपराज आचार्यले गाएको यस गीतले भनेझैं दुःख र निराशाको क्षणलाई धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल बितेर जान्छ र आ त्मह त्याको सोच, निर्णय र विचार परिवर्तन हुन सक्छ; त्यो ‘थोरै समय’ मा आफूले गरेको धैर्यता र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ । तपाईंले कसैलाई गर्नुभएको एक मिनेटको सहयोग वा तपाईंको एक मिनेटको धैर्यता जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ ।

संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहनेछ, मात्र जीवनका घटनाक्रमले यो सुन्दर संसार तुवाँलो लागेजस्तो देखिएको मात्र हो । धैर्य गरियो भने एक दिन त्यो तुवाँलो फाट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ । जीवन रहे आफूले गरेका सबै गल्तीहरू सच्याउन सकिन्छ, गल्तीको प्रायश्चित गर्न सकिन्छ । तर, आफ्नो अस्तित्व नै नास भएपछि त अमूल्य जीवन त्याग्ने गरी आफैंले गरेको भूललाई प्रायश्चित गर्ने मौका समेत पाइँदैन । आ त्मह त्या समस्याको समाधान हुँदै होइन र आ त्मह त्यालाई धेरै हदसम्म रोकथाम गर्न पनि सकिन्छ ।

याे हाे यथार्थता

आ त्मह त्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चीत्कार नै हो । विशेष अवस्थामा बाहेक एउटा व्यक्तिले एकै पटक आ त्मह त्याको प्रयास गर्दैन । आ त्मह त्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने, व्यक्त गर्ने गर्दछ ।

यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा आ त्मह त्या गर्ने उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ । ख तराको सूचक, जोखिम र सुरक्षाका तत्त्व, स्वहेरचाह आदिको जानकारी भएमा आ त्मह त्या रोकी जीवनलाई बचाउन सकिन्छ । यसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै ठूलो सहयोग पुर्‍याउन सक्दछ ।

यहाँहरुमा पनि कुनै किसिमको मा नसिक समस्या, आ त्मह त्याको सोच वा प्रयासजस्ता समस्या भएमा सहयोगका लागि निर्धक्क फोनमार्फत मनोपरामर्श सेवा लिन सक्नु हुनेछ, जसका लागि फोन नं: ९८१३५२७७३२ चौबीसै घन्टा खुला रहनेछ ।

लेखक ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्

प्रतिक्रिया दिनुहोस