सिपाही र शिवपुरी जर्नलका लेखकलाई पुरस्कार


सिपाही वार्षिक–२०७६ र शिवपुरी जर्नलमा प्रकाशितमध्ये सहायकरथी सन्तोषबल्लभ पौडेलको नेपाली सेनाको पुनःसंरचनासम्बन्धी लेखरचना उत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित कार्यक्रममा ती दुई वार्षिक प्रकाशनमा छापिएका लेखकमा प्रथम हुने प्रवक्ता एवं सहायकरथी पौडेललाई रु ५० हजार पुरस्कार र कदरपत्र प्रदान गर्नुभयो ।

ती जर्नलमा छापिएकामध्ये प्रमुख सेनानी अनिलकुमार बुढाथोकीको नेपालको वाणिज्य तथा पारवहन सन्धिसम्बन्धी तथा प्रमुख सेनानी सुधीरप्रताप सिंहको एशिया प्रशान्त रणनीति विश्लेषण र मार्गचित्रसम्बन्धी लेख क्रमश ः द्वितीय र तृतीय घोषित भए । समारोहमा द्वितीय र तृतीय हुने लेखकलाई क्रमश ः रु ३५ हजार र रु २५ हजार पुरस्कार प्रदान गरियो । त्यस अवसरमा सात लेखकलाई सान्त्वना पुरस्कारस्वरुप जनही रु १०÷१० हजारसहित कदरपत्र प्रदान गरियो । प्रकाशित जर्नलमध्ये सिपाहीमा ३५ र शिवपुरीमा सात लेख रचना प्रकाशित छन् । रणनीतिक र सैनिक महत्वका विषयमा लेखरचना प्रेषित गर्दै प्रत्येक वर्ष प्रकाशन हुँदै आएको यी जर्नलले बौद्धिक र संस्थागत विकासमा योगदान पु¥याउँदै आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।–रासस

प्रतिक्रिया दिनुहोस