दोबाटेका कोपा र चिबेले बनाए हास्य टेलिश्रृङखला हास्नु हुन्न है, हेरेर पेट मिची मिची हास्नुहोस (भिडियो सहित)


झापा | देश बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दर्सकहरुमाझ हास्य टेलिश्रृङखला हास्नु हुन्न है आएको छ । सुपर अनलाइन टिभि मार्फत सार्बजनिक गरिएको छ । लोकप्रिय टेलिसिरियल दोबाटेका कलाकार समीर सुवेदी (चिबे बूढो) अनि आइन्द्र लिम्बू (कोपा) द्वारा लेखन निर्देशनमा तयार गरिएको यस टेलि सिरियलमा मोफसल देखि रास्ट्रीय कलाकारहरुको आभिनय रहेको छ ।

पुर्ब झापाबाट बनी रहेको यस सिरियललाइ बरिस्ठ समाजसेबी शेर बहादुर थापाले विशेष सेवा सुबिधा प्रदान गरि सम्पूर्ण टिमको हौसला बढाइरहनु भएको छ। गाउले परिवेश आफ्नै गाउँ घरमा देशमा घटिरहेको घटनालाई मनोरञ्जन को पाटो बाट सम्पूर्ण जनता र दर्शकहरु माझ देश बिदेशमा सूचना पुर्याउने उदेश्य लिएको यश टेलिसिरियलमा दोबाटेका लोकप्रिय कलाकारहरु आइन्द्र लिम्बू (कोपा) र समीर सुबेदि (चिबे) लगायत अन्य कलाकारहरुमा बि पि भट्टराई , सिला उप्रेती (बोजु) सुजन ढकाल,गणेश भट्टराई तथा अन्य कलाकारको अभिनय देख्न सकिनेछ

यस टेलि शृङ्खलामा कलाकार बन्ने सपना बोकेका अनि कला भएर पनि लुकेर रहेका प्रतिभाहरुलाई स्थान दिने योजना रहेको कलाकार तथा निर्देशक आइन्द्र र समिरले बताए । आफुहरु पनि कलाकारीतामा ठूलो सपना बोकेर मोफसल देखि रास्ट्रीय स्तर सम्म निकै दौडधुप र संघर्ष गरेको अनि साथ सपोर्ट खोजी रहदा खासै कसैले पनि साथ नदिए पछि काठमाडौमा धेरै दुखहरु सङ्ग लडदै कलाकारितालाइ अगि बढाइ रहदा धेरैले आस्वासन मात्र दिए तर सबै ठाँउमा पैसाकै खेल हुने भएकाले कलाकार बन्ने सपना मरिसकेको तर दर्शकले आफुहरुलाई गरेको मायाका कारण कलाकारीतालाई चटक्क माया मार्न नसकेर आफैले हास्नु हुन्न है नाम राखेर तयार गर्न सुरु गरेको यस सिरियललाई सुपर अनलाइन टिभि मार्फत सार्बजनिक गरिएको छ ।

अब जसरी भए पनि निरन्तरता दिने अठोटका साथ अगि बडेको र सम्पूर्ण दर्शकको सल्लाह सुझावलाई मध्यनजर गर्दै भरपुर मनोरन्जन दिने प्रयास रहेको समीर सुवेदी चिबे र आइन्द्र लिम्बू कोपाले बताएका छ्न । नाम हास्नु हुन्न है भएपनी पेट मिचीमिची हसाउने छ तलको भिडियोमा हेर्नुहोला हासेर भुतुक्कै हुनुहुनेछ

प्रतिक्रिया दिनुहोस