‘उदासी बनुला भन्थे ’ बोलको गीतसहित गायक थिरज राई दर्शकमाझ (भिडियो)


काठमाडौं, । जोगी संन्यासी व्यक्ति कति सांसारिक माया मोहमा फर्किएलान् ? यस्तै विषयवस्तु समेटेर तयार पारिएको ‘उदासी’ बोलको गीतसहित गायक थिरज राई दर्शकमाझ आएका छन् । गायक राई करिब तीन वर्षपछि आफ्नो नयाँ भिडियो लिएर आएका हुन् ।

टीएनएसपीएमले शुक्रबार उक्त गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो । उक्त गीतका रचनाकार घनश्याम राई हुन् भने संगीतकार गायक राई नै । प्रकाश लिम्बूले निर्देशन गरेको भिडियोमा जोन पुलामी मगर, अंशु गर्बुजा मगर र अनिता थापालगायतले अभिनय गरेका छन् । यसको पोस्ट प्रोडक्सनको काम रेन्बो रेन्ज मिडीयाले गरेको छ । भने छायांकन बि बी लिम्बू र डम्बर राईले गरेका हुन् । बि बी लिम्बूकै सम्पादन र दिनेश माङ्मुको कोरियोग्राफी र मेकअप यमुना पौडेलको रहेको छ ।

गायक राईले यो गीतमा कोही पनि प्रकृतिविरुद्ध जान नसक्ने विषय समेटिएको बताए । यही विषय वस्तुमा भिडियो तयार पारिएको अभिनेता मगरको भनाइ छ । उनका अनुसार जोगी बनेका व्यक्तिको प्रेम सम्बन्धलाई भिडियोमा देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस