गण्डकी प्रदेशमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु


गण्डकी प्रदेशमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिकाका ७० वर्षीय पुरुषको पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । क्यान्सरका बिरामी रहेका ती व्यक्ति भदौ २५ गते अस्पताल भर्ना भएकामा २८ गते कोरोना पुष्टि भएको थियो । उनको सोमबार राति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

पछिल्लो विवरणअनुसार प्रदेशमा चारजना कोरोना सङ्क्रमित थपिएका छन् । थप हुनेमा कास्कीका दुई, स्याङ्जा र गोरखाका एक/एकजना छन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ११६ जना पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ८९५ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस