कोरोना संक्रमणबाट आज थप ११ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३७१ पुगेको छ ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप १४ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ५६ हजार ७८८जना पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ३८५ जनाको पिसीआर परिक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६२ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ४० हजार ६३८ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस