७७ वटै जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने निर्णय गरिएमा जनताले जिन्दगी भर चित्त दुखाउने छन, कुलमानलाई नै पुन: नियुक्ति गर्नु पर्छ : मदन कृष्ण श्रेष्ठ


आफ्नो ४ वर्षीय सफल कार्यकाल सकेर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट बिदा भएका छन । चौतर्फी कुलमानलाई नै पुन: नियुक्ति गर्नु पर्छ भन्ने आवाज उठे पनि सरकारले यसबारे अहिले सम्म केहि निर्णय गरेको छैन । ७३ सालको भदौ २९ गते नियुक्त भएका उनको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिएको हो ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति नभएसम्म अझै जनताले उनकै पुन:आगमनको आशा गरेका छन । कुलमान घिसिङको नेतृत्वमा प्राधिकरणले घन्टौ रहदै आएको लोडसेडिङको अन्त्य गरेको थियो । घन्टौ अन्धकारमा बिताई रहेका जनतालाई एक्कासि लोडसेडिङ मुक्त गराएपछी जनताले उनलाई भगवान नै मान्न थाले । देश लोडसेडिङ मुक्त हुनुमा कुलमानको नै मुख्य भूमिका रहेको सबैको बुझाइ छ ।

कुलमान कै नेतृत्वमा देश लोडसेडिङ मुक्त भएको भन्दै सामाजिक संजालमा कलाकार देखि सर्बसाधरणले कुलमानको पुन: नियुक्ति हुनु पर्छ भन्ने माग राख्दै आएका छन् । कुलमान कै पक्षमा बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ यसो भन्छन –

”एउटा जिल्लाको मत प्राप्त गरे पछि कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ । तर मेची देखि महाकाली हिमालदेखि तराई सतहत्तरै जिल्लाका सांढे ३ करोड जनताका आत्मादेखि रुचाइएको एउटा नाम हो श्री कूलमान घिसिङ । जो नेपालको ७७ जिल्ला मध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टिबाट चुनाव लडेमा आँखा चिम्लेर निर्बाचीत हुने निश्चीत देखिन्छ।

आम जनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ। तर ७७ वटा जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने निर्णय गरिएमा जनताले जिन्दगी भर चित्त दुखाउने छन। लौ है आदरनिय नेताज्यूहरु जनताका तर्फबाट यहाँहरुलाई एक पटक सम्झाई दिने मेरो धर्म हो । जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्वबिबेक र कर्म हो ।

अर्को एउटा कुरा:- कुलमानजी जस्तो सहि ब्यक्तीलाई प्राधिकरणको प्रमुख पदमा नियुक्ती गर्रेर देशलाई लोड सेडिङ मुक्त गराई दिनुहुने आदरनिय मन्त्रीज्यू र कुलमानजीलाई साथ दिनु हुने कर्मचारी लगायत सम्पूर्ण महानुभाबहरुलाई पनि जनताले धन्यबाद दिएका छन है।

एकजनालाई मात्र जस दियो हामीलाई दिएन भनी नसम्झिनु होला त्यो पनि भन्देकोछु मैले … …”

प्रतिक्रिया दिनुहोस