सिलिचोङका पहिरो पीडितलाई सहयोग


सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ का पहिरो पीडितलाई अरुण तेस्रो परियोजनाले रु १० लाख सहयोग गरेको छ । निर्माणाधीन ९०० मेगावाट अरुण तेस्रो आयोजना एसजेपिडिसी, जेपी एसोसियटर्स र पट्टेल इन्जिनीयरिङका कर्मचारीले पहिरो पीडितलाई रु १० लाख सहयोग गरेको सतलज कम्पनीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा गाउँपालिका अध्यक्ष रामबहादुर कुलुुङ र प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यलाई आज सतलज कम्पनीका आरसी सुलेरियाले सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । प्रजिअ आचार्यले सो चेक गाउँपालिका अध्यक्ष कुलुङलाई प्रदान गर्नुभयो ।

सतलज कम्पनीले दिएको रकम पहिरो पीडितको व्यवस्थापनमा खर्च गरिने गाउँपालिका अध्यक्ष कुलुङले बताउनुभयो । विस्थापित परिवारलाई हाल चित्रे, पौखमटार र बुधबारेमा टेण्ट टाँगेर राखिएको छ । गत असार २८ गते राति गएको पहिरोले सिलिचोङ–१ का १०४ घर विस्थापित भएका छन् भने नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस