पूर्व पौडी खेलाडी नयना दम्पतिलाई कोरोना संक्रमण


ओलम्पियन एवं पूर्व पौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । शाक्यसँगै उहाँका श्रीमान पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराउनुभएको हो । पहिलो पटक परीक्षण गराउँद नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताउनुभयो । घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफुहरुले पिसिआर परीक्षण गराएको शाक्यले बताउनुभयो ।

पहिलो पटक कोरोना नदेखिएपनि पछि आफू, श्रीमान र छोरामा लक्षण देखापरे पछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको ओलम्पियन शाक्यले जानकारी दिनुभयो । तीनै जना घरमै आइसोलेसनमा बसिरहनुभएको छ । सावधानी अपनाउन र सुरक्षित साथ बस्न उहाँले सवैमा आग्रह गर्नुभएको छ । शाक्यले आठौं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीमा स्वर्ण पदक जित्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस