नलगाड नगरपालिकाका वडासचिवको मृत्यु


नलगाड नगरपालिका– १० का २६ वर्षीय वडासचिव कवीराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेको समयमा आज बिहान मृत्युु भएको हो ।

रुकुम पश्चिम सानीभेरी गाउँपालिका– १३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत हुनुहुन्थो । निरन्तर ज्वरो आउने, श्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिनुभयो । मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस