अवरुद्ध बेँसीशहर­-चामे सडक सञ्चालन


मङ्गलबार साँझदेखि परेको अविरल वर्षासँगै बुधबार बिहान आएको बाढीपहिराले अवरुद्ध बेँसीशहर­ चामे सडक साँझ ८ बजेदेखि पुनः सञ्चालनमा आएको छ । पहिराले अवरुद्ध लमजुङ र मनाङ जोड्ने बेँसीशहर­९चामे सडक सडकखण्डको बेँसीशहर नगरपालिका­६ खरखरे भीरमा गएको पहिरो हटाइएसँगै सडक पुनः सञ्चालनमा आएको डुम्रे­बेँसीशहर९­चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ ।

खरखरे भीरमा सडकमाथिबाट पहिरो आउनाका साथै करिब २० मिटर सडक भासिएर अवरुद्ध भएको थियो । करिब छ घण्टा लगाएर डोजरले पहिरो हटाएको उक्त कार्यालयका सव­इन्जिनियर सुमन अधिकारीले बताउनुभयो । सडक तल भासिएकाले उकास्न असम्भव भए पनि सडकको भित्तापट्टिको भाग खोतलेर सडक बनाएर सवारी सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । यतिबेला सडक खुले पनि फेरि पानी आएमा अवरुद्ध बनाउन सक्नेछ । अवरुद्ध यस सडक करीब १५ घण्टापछि खुलेको हो ।
त्यस्तै यस सडकअन्तर्गत यस नगरपालिकै वडा नं। ७ सहजीनिरको पुवाखोलामा समेत बाढी आएकाले यातायात अवरुद्ध बनाएको थियो । बाढीले सडकमा ढुङ्गाहरु थुपारेर अवरुद्ध बनाएपनि सो स्थानमा समेत डोजरले ढुङ्गा हटाएपछि दुबै स्थानको अवरोध हटेपछि सहजरुपमा सकड सञ्चालन भइरहेको कार्यालयका सव­इन्जिनियर अधिकारीको भनाइ छ ।

सडक अवरुद्ध हुँदा रोकिएका ढुवानीदेखि आकस्मिक सेवाका सबै सवारीसाधन सञ्चालनमा आएका छन् । पैंसठ्ठी किलोमिटरको सो सडकमा वर्षेनी वर्षायाममा सडकका विभिन्न स्थानमा पहिरो जाने र सडक भासिने गर्नाले समस्या हुँदै आएको छ ।रासस

प्रतिक्रिया दिनुहोस