आज थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस कोभिड-१९ बाट आज थप १२ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ५९ हजार ५७३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ६४१ को पिसिआर परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १२ सय ४३ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ४२ हजार ९४९ जना रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३८३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस