जनकपुर आइपुग्यो नेपाली रेल, हेर्ने सर्बसाधारणको भिड (फोटो फिचर)


नेपाल रेलवेजको रेल अन्तत लामो समयको प्रतिक्षापछि जनकपुर आइपुगेको छ। कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन जनकपुर ल्याइएको हो।

रेल विभागले कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल सञ्चालनका लागि १ अर्बको लागतमा रेलको बगी तथा इन्जिन खरिद गरेको छ । भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म ३४ किलोमिटरमा गत वर्षको मंसिर महिना पहिलो सातामै लिक परीक्षण भएको थियो ।

भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याइएको हो । आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।

दशकौ पछि रेल आफ्नो ठाउमा आएपछि जनकपुरमा हेर्नेको ठुलै भिड लागेको छ ।

तस्विरहरु :

प्रतिक्रिया दिनुहोस