आज काठमाडौँ उपत्यकामा थप ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ८ सय ५९ कोरोना संक्रमित देखिएका छन् । जसमा काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसै गरि कोरोना भाइरस कोभिड-१९ बाट देशभर आज थप २ हजार २० जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ६१ हजार ५९३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८७१ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ४३ हजार ८२०  जना रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस