दुई समुदायबीच झडपपछि सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू जारी


विश्वकर्मा भगवानको मूर्ती सेलाउने विषयमा सर्लाही सदरमुकाम मलंगवा-३ विश्वकर्मा चौकमा मुस्लिम र हिन्दु दुई समुदायबीच झडप भएको छ।

शुक्रबार रातिदेखि उत्पन्न भएको तनाव झन् बढेपछि प्रशासनले शनिबार (आज)साढे १ बजेदेखि आइतबार बिहान ८ सम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। दुई समुदायका मानिस भेला भएर वादविवाद गर्न थालेपछि कर्फ्यू जारी गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस