आज थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस कोभिड-१९ बाट आज थप १२ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्य काठमाडौँ उपत्यकाका ७ सय ११ जना रहेका छन। जसमध्ये काठमाडौंका ५ सय ७०, ललितपुरका ५८ जना र भक्तपुरका ८३ जना रहेका छन्।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ६२ हजार ७९७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ३३३ को पिसीआर परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १४ सय ४७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ४५ हजार २६७ जना रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ४०१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस