मुख्यमन्त्री शेरधन राईविरुद्धको मुद्दा फिर्ता लिएकी बालिका खड्का पेरिसडाँडाबाट पक्राउ


काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो श्रीमान रहेको भन्दै केहि समय अघि चर्चामा आएकी महिला बालिका खड्कालाई प्रहरीले पेरिसडाँडाबाट पक्राउ गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठक चलिरहेको बेला पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केही दिनअघि प्रमाण पु‍र्याउन नसकेको भनी खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता समेत लिएकी छिन् । लामो समयदेखि राईले आफूमाथि दुर्व्यहार गरेको अरोप लगाउँदै आएकी थिइन् ।

उनले नेताहरुलाई भेट्नुपर्ने बताउँदै कार्यालयमा छिर्न खोजेकी थिइन् । पक्राउ परेकी खड्कालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । यसअघि दोलखाकी नेकपा कार्यकर्ता खड्काले मुख्यमन्त्री राईले आफूमाथि यौ’न दुर्व्यवहार गरेको भन्दै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् । त

प्रतिक्रिया दिनुहोस