कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु


पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ४११ पुगेको छ ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप १३ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य काठमाडौँ उपत्यकाका ७ सय ६७ जना रहेका छन । जसमध्य काठमाडौँमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना रहेका छन ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ६४ हजार १२२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५८४ को पिसीआर परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ९६६ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ४६ हजार २३३ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस