सिंगापुरे लाहुरे युनिक लिम्बुले श्रीमती सोनी हाङ्माको चरित्रह त्या गर्न आफुलाई प्रयोग गरेको भन्दै पुर्वप्रेमीको आरोप लागेका सन्तोष लिम्बु आए प्रत्यक्ष मिडियामा, सार्बजनिक म्यासेजबारे गरे यस्तो थप खुलासा (भिडियो)


धरानमा सोनी हाङ्मा लिम्बुले आ त्मह त्या गरेको घटनाले अर्को मोड लिएको छ । माइती पक्षले आफ्नो छोरी चेलीको ह त्या भएको दावी गर्दै जा हेरी पनि दीईसकेको छ ।

त्यसपछि प्रहरीले थप अनुसन्धानका लागी सोनी हाङ्माको ससुरा, देवर, दुई आमाजू दीदीलाई पक्राउ गरिसकेको अवस्था छ । तर सोनीको श्रीमान युनिक लिम्बुले भने अर्कै दावी गर्दै मिडियामा आएका छन् । घटना सार्बजनिक भएसंगै उनले खुल्ला पत्र लेखेर समेत आफ्नो विचार राखी सकेका थिए । अहिले भने उनि मिडियाको टेलिफोन सम्पर्क मै आएर आफ्नो भनाई राखेका छन ।

उनीहरुले गत असार महिनामा मात्र विवाह गरेका थिए । विवाह पछि सिंगापुरे लाहुरे युनिक आफ्नो ड्युटी गर्न सिंगापुर गएका थिए । तर जब उनि सिंगापुर पुगे त्यसपछि आफ्नो श्रीमतीको विगत बारे थाहा पाएपछि उनि छाँगाबाट खसेको युनिक बताउछन । उनले आफुले धोका पाएको दावी गर्छन । श्रीमान युनिकले सोनी हाङ्माले आ त्मह त्या गर्नुको मुख्य दोषी भने कोरियामा भएको पुर्वप्रेमी भएको दावी गर्छन ।

यसै बीच सोनी हाङ्माको प्रेमीको आरोप लागेका डीकेन लिम्बु पनि मिडियाको सम्पर्कमा आएका छन । सोनी हाङ्माको श्रीमान युनिकले लगाएको आरोप सरासर झुट हो भन्दै उनले आफ्नो स्पष्टिकरण दिएका छन । डीकेनका अनुसार सोनी हाङ्मा र आफ्नो गाउ एकै ठाउ भएको हुदा उनीहरुको चिनजान धेरै पहिले देखि नै रहेको र सोल्टा सोल्टीको साइनोमा बोल्ने हुनाले अरुले प्रेमी प्रेमिकाको रुपमा हेरेको हुन सक्ने बताए । श्रीमान युनिक लिम्बुले लगाएको आरोप सबै असत्य भन्दै डीकेनले यदि आफ्नो गल्ति प्रमाणित भए कानुन अनुसार सजाय भोग्न पनि तयार भएको बताए ।

यसै बीच युनिकले आफ्नो श्रीमतीको पुर्व प्रेमीको आरोप लगाएका सन्तोष लिम्बु पनि सम्पर्कमा आएका छन । मिडियासंग कुराकानी गर्ने क्रममा युनिकले आफुलाई पैसाको लोभ देखाएको बताएका छन । सोनी हाङ्मासंग आफ्नो चिनजान मात्र भएको तर युनिकले फेसबुक मार्फत सम्पर्क गरेर आफुसंग सोनी हाङ्माको अन्य कोसंग सम्बन्ध थियो भनेर खोतल्न खोजेको बताए । युनिकले आफुलाई फसाउन खोजेको पनि सन्तोषले दावी गरेका छन । सन्तोषका अनुसार यो घ टनामा युनिक कै दोष रहेको पनि बताए ।

सन्तोष लिम्बुसंग गरेको कुराकानी यस्तो छ ।

डीकेनसंग गरिएको पुरा कुराकानी हेर्नुहोस ।

सोनी हाङ्मको श्रीमान युनिकको भनाई भने यस्तो रहेको छ ।

प्रतिक्रिया दिनुहोस