कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको शरीरभरि चोट, ह त्या भएको परिवारको दावी (भिडियो)


गत शनिबार काठमाडौँको वीर हस्पिटलमा ज्यान गुमाएका ६३ वर्षीय राम लखन जैसवालको ह त्या भएको परिवारले दावी गरेको छ ।

काठमाडौँको सुन्धारास्थित केन्द्रिय कारागारमा जेल जीवन बिताईरहेका जैसवालको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ । रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका राम लखनको मृत्युपछि परीक्षण गर्दा कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएको हो ।

मृतक आफ्नो बुबाको शव हेर्न अस्पतालले नदिए पछी झुक्काएर आफु बुबालाई हेर्न पुग्दा शवको अवस्था दर्दनाक देखेको छोरी रश्मि जैसवालले बताइन । मृतकको घाटी, टाउको र हातमा चोट लागेको हुनाले स्वाभाविक मृत्यु नभएर ह त्या भएको परिवारको दावी छ ।

यहि असोज २२ गते जेलमुक्त हुदै गरेका जैसवाल कर्तव्य ज्यान मुद्धामा ८ वर्षदेखि जेल जीवन बिताउदै आएका थिए । उनि पूर्व जनप्रतिनिधि समेत रहेको खुलेको छ ।  भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस