आज एकै दिन सुनको मूल्यमा भारी गिरावट


आज मंगलबार हिजो सोमबारको तुलनामा भारी गिरावट भएको छ । सोमबार प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार १७ सय रुपैयाले घट्दै ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ । चांदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस