कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ४३६ पुगेको छ ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप ११ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ४४९ जनाको पिसीआर परिक्षण गरिएको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा १८ सय ९३ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ४९ हजार ९५४ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस