हराएको ११ नम्बर सीमास्तम्भ भेटियो


लोलुङजोङ क्षेत्रमा चिनले भवनहरु बनाएपछि हराएको ११ नम्बर सिमास्तम्भ खोज्न तत्परता देखाइएसंगै अन्तत उक्त सिमास्तम्भ भेटिएको छ । नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा भेटिएको हुम्ला जिल्ला नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।

सिमास्तम्भ खोज्न हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा नेपाल आर्मी र ससस्त्र प्रहरीसहितको टोली गएका थिए । सिमास्तम्भ हिउँ र माटोले पुरिएको अवस्थामा फेला परेको थियो । यसअघि चिनले नेपाली भुमिमा संरचना निर्माण गरेको समाचार निस्किएपछि विवाद आएको थियो । ११ नम्बर सिमास्तम्भ फेला परेपछि अब रेखांकन गर्न सहज हुने ध्यक्ष विष्णुबहादुर लामाले बताए ।

हराएको भनिएको ११ नम्बर सीमास्तम्भको चिन तर्फबाट फोटो खिच्दै सुरक्षाकर्मी । तस्बिर : विष्णु लामाको फेसबुकबाट

स्तम्भमा नेपालपट्टि २०१९ साल र चीनपट्टि १९६२ लेखिएको छ । पहिलोपटक २०७२ सालमा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमा बैठकमा उक्त स्तम्भबारे एजेण्डा राखेका थिए । उक्त बैठकमा दुवै पक्ष मिलेर पिलर खोजी गर्ने निर्णय भएको थियो । तर, खोजीकार्यले गति लिन भने सकेको थिएन ।

यसअघि नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली लाप्चाबाटै फर्किएको थियो । यस अघि नै चिनले कुनै नेपाली भुमि नमिचेको आधिकारिक बक्तव्य समेत निकाली सकेको छ । परराष्‍ट्र मन्त्रालयले पनि बुधबार विज्ञप्ति जारी गर्दै सीमास्तम्भ ११ र १२ को अध्ययन र जाँचपड्तालपछि चीनले उसकै भूभागमा भवन बनाएको बताएको छ।

हराएको भनिएको ११ नम्बर सीमास्तम्भको नेपाल तर्फ फोटो खिच्दै सुरक्षाकर्मी । तस्बिर : विष्णु लामाको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस