साहित्यकार पुरण राईको लकडाउन डायरी : कोरोना हेर्ने दुर्बिन


✍️ तारा थुलुङ

हाल नेपालमा मात्र नभएर विश्वमै माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले संसारका हरेक क्षेत्र, वर्ग, तह र तप्कालाई नराम्ररी असर पारेको छ । राजा-महाराजा, महामहिम राजनेता, शाशक, कलाकार, खेलाडी, सामान्यदेखि ठुला-ठुला उद्योगपति, बैंकर्स, ब्यापारी, कर्मचारी, शिक्षा क्षेत्र, किसान, मजदुर सबै-सबैलाई यसले प्रभाव पारेको छ । कोरोनाका कारण संसारकै उद्योग, कल-कारखाना, ब्यापार -ब्याबसाय प्राय ठप्प जस्तै छ । जसले गर्दा विश्वको अर्थतन्त्र त तहस -नहस बनेको छ नै यसका साथ साथै ज्याला मजदुरी गरेर परिवार पाल्ने निम्न बर्गीय परिवारलाई सबैभन्दा नराम्ररी असर पारेको छ । दिनभर काम गरेर बेलुकी छाक टार्ने परिवारले काम नै नपाएपछि भोकभोकै धेरै रात गुजार्नु परेको छ । हरपल आफुलाई ब्यस्त राख्ने अन्य मानिसहरुले पनि कोरोनाकै कारण लामो समय घरभित्रै समय बिताउनु पर्दा मानसिक रुपमा विक्षिप्त भइ कतिपयले आ*त्म*ह*त्या जस्तो अ*प्रिय बाटो समेत रोजेका छन् ।

यता यो माहामारीसँग जुध्न फ्रन्ट लाइनमा बसेर काम गरिरहेका व्यक्तिहरुको पिंडा पनि कम छैन । उनीहरु आफ्नो जीवनलाई नै मृत्युको मुखमा राखेर जनताको सेवामा अहोरात्र खटिरहेका छन् । चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मीहरु पब्लिकसँग बढी मात्रामा ‘किप इन टच’मा रहनु पर्ने भएकोले स्वभावैले उनीहरुलाई कोरोनाको बढी जोखिम हुने गरेको छ । आफु संक्रमित हुने डर र आशंका मनभरी भए पनि उनिहरुले आफुलाई जनताको सेवामा समर्पित गरिरहेका छन् । तथापि उनीहरुलाई आवश्यकीय सेवा सुबिधा, सुरक्षा सामग्री सम्बन्धित निकायको तर्फबाट प्रदान नगरिएको गुनासो पटक पटक आउने गरेको छ । यी यावत विषयमा आधारित भएर लेखक तथा साहित्यकार पुरण राईले ‘दैनिकी’ लेखेका छन् । राई स्वयं नेपाल वायु सेवा निगमअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन कक्षमा सेवारत छन् भने नेपाली डायस्पोरा कवितामा विद्यावारिधी पनि गरिरहेका छन् । “अप्रकाशित लकडाउन डायरी” बाट ‘कोरोना हेर्ने दुर्बिन’ शीर्षकको उनको दैनिकीलाई तलको भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नुहोस्-

प्रतिक्रिया दिनुहोस