हेम सरिता पाठक फाउन्डेसनले १ हजार डलरको ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’ गर्ने (यसरी भाग लिन सकिने)


अमेरिकामा बसोबास गर्दै आएका समाजसेवीहरु हेम पाठक र सरिता पाठकको हेम सरिता पाठक फाउन्डेसनले एक हजार डलरको ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’ गर्ने घोषणा गरेको छ। उक्त प्रतियोगितामा गीतको उत्कृष्ट शब्दलाई प्रतियोगितामा पुरस्कृत गरिने पाठकले जनाकारी दिएका छन । प्रतियोगिताका लागि गीत आगामी २०७७ मङ्सिर मसान्तसम्म पठाउन सकिने फाउन्डेसनका संयोजक राधेश्याम लेकालीले जानकारी दिएका छन।

यस अघि पनि फाउण्डेसनले एक हजार डलरको ‘भ्रष्टाचारविरुद्धको कविता प्रतियोगिता’ घोषणा गरिसकेको छ। फाउन्डेसनले पत्रकारिताका अलावा सङ्गीत र साहित्यमा विभिन्न पुरस्कार प्रदान गर्दै आएको छ। यस्तै नेपालमा स्कुल संचालन, विपन्न वर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ। यस्तो छ गीत पठाउने नियम भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ। यस प्रतियोगितामा भाग लिन गीत पठाउने नियम यसप्रकार छन् :

१.आफ्नो गीत इमेल मार्फत पठाउनुपर्नेछ ।

२. गीत रेकर्ड गरेको हुनुपर्नेछ ।

३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता गीतहरू स्वत; अस्वीकृत हुनेछन् ।

४. एकजना गीतकारले एउटा मात्र गीत पठाउन सक्नेछन्। एकभन्दा बढी आएमा स्वतः बदर हुनेछन् ।

५. गीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ।

६‍. प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृत हुनेछ ।

७. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।

८. गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०७७ मङ्सिर मसान्तसम्म हुनेछ।

९ पुरस्कार : नगद १०००। (युएसडलर) प्रमाणपत्रसहित हुनेछ।

१०. यो प्रतियोगिता उत्कृष्ट शब्दको लागि मात्र हुने स्पष्ट गरिन्छ ।

सम्पर्क : Email : hemsaritapathak @ gmailcom , Phone No : 9851059354

प्रतिक्रिया दिनुहोस