सडकमा अलपत्र परेका महिलाको उद्धार


प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले बुधबार सडकमा अलपत्र एक महिलाको उद्धार गरेको छ । सामाजिक विकास मन्त्रीजीवन घिमिरेले मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं १ बाट २१ वर्षीया धना विश्वकर्माको उद्धार गर्नुभएको हो ।

स्थायी ठेगाना बताउन नसक्ने अवस्थामा रहनु भएका उहाँ एक सातादेखि सडकमा देखिएकाले स्थानीय युवाले मन्त्रालयलाई जानकारी गराएपछि उद्धार गरिएको हो । सडकबाट उद्धार गरी जनस्वास्थ्य प्रयोगशालामा उहाँको स्वाब परीक्षण गरी आइसोलेसनमा राखिएको छ । कोरोना परीक्षण रिपोर्ट आएपछि मानव सेवा आश्रममा लैजाने मन्त्रालयले बताएको छ । महिलाको उद्धार गर्दै सहयोगापेक्षी मुक्त सडक प्रदेश निर्माण गर्ने अभियानमा सरकार लागि परेको मन्त्री घिमिरेले जानकारी दिनुभयो । प्रदेश सरकारले विगत केही महिनादेखि सडक बालबालिका र बृद्धबृद्धाको उद्धार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस