बुटवलमा कोरोना संक्रमित एक पुरुषको मृत्यु


बुटवल,१५ असोज । बुटवलमा कोरोना संक्रमित एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं. ८ का ८० वर्षीय पुरुष रहेका छन् ।

तिन दिन अघि मात्रै कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए । उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस