नेपालिहरुको महान पर्ब दशै र तिहार नजिकिदै गर्दा पर्देसिको पिडा बोकेको एकदमै मार्मिक गित (यो दशैमा आमा आउन सकिन) को म्युजिक भिडीयो सार्बजानिक


काठमाडौ – बिस्व कोरोना माहामारिका बिच नेपालिहरुको महान पर्ब दशै र तिहार नजिकिदै गर्दा बिभिन्न समस्याहरु सङ्ग जुध्दै पर्देसिएका नेपालि दाजुभाइ तथा दिदि बहिनिहरुको पिडा बोकेको एकदमै मार्मिक गित (यो दशैमा आमा आउन सकिन) को म्युजिक भिडीयो सार्बजानिक भ​एको छ ।

बिशेषतः यस गित मार्फत कोरोना र लकडाउनका कारण जनताले भोग्नु परेको पिडा लाइ देखाउन खोजिएको छ। देशमा लकडाउन भ​ए सङ्गै आफ्नो घर बाट टाढा रहेका दाजुभाइ दिदिबहिनिहरु महान पर्ब दशैमा आफ्नो आफन्तजन घरपरिवार सङ्ग भेट्ने इच्छा लाइ मारेर बस्नु परेको बिषयबस्तु लाइ यस गितले समेटेको छ ।

Rainbow rays media युट्युब च्यानल मार्फत सार्बजानिक भएको उक्त गितका गायक भिम मगर हुन भने शब्द सङ्गीत पनि स्वयम् मगरकै रहेको छ । एरेन्जमा भेशु इन्शान मगर र प्रकाश लिम्बुको निर्देशन रहेको यस भिडियोमा सुजता के.सि,गणेश खड्का ,रोहित कार्की ,जोनि कंडेल ,विश्व श्रेष्ठ, रमेश राई र उपेन्द्र खत्रीको जिबन्त अभिनय रहेको छ । छायांकनमा राहुल राई हुन भने सम्पादनमा बिबी लिम्बू रहेका छन।

प्रतिक्रिया दिनुहोस