भारत लगेर वे श्यालय युवती बे च्नेवि रुद्ध मुद्धा


काठमाडौँ, २५ असोज । भारतको वे श्यालयमा युवती बेच्ने कार्यमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई प्रहरीको मानव वे चविखन अनुसन्धान ब्यूरोले मु द्धा चलाएको छ ।

विसं २०७२ मा महिलालाई भारत लगेर बिक्री गरेको भनी प्राप्त उजुरीका आधारमा ब्यूरोले सिन्धुपाल्चोकको मेलम्ची बस्ने ५२ वर्षीय टाउटाउ तामाङलाई मानव वे चविखनसम्बन्धी मु द्धा चलाएको हो । उनले निम्न वर्गीय परिवारकी २० वर्षिय युवतीलाई आकर्षक तलब आउने जागिर लगाइदिने लोभ देखाएर भारतमा बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।

शक्ति समूहको जानकारीका आधारमा खोजी अभियान चलाउँदा उनलाई काठमाडौँको गोकर्णेश्वरबाट शुक्रबार पक्राउ गरिएको हो । मानव बे चविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कसुर गरेको आ रोपमा उनलाई काठमाडौँ जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार तामाङले २०७२ सालमा महिलालाई बेचेका थिए । विसं २०७६ मा शक्ति समुहको पहलमा महिलाको उद्धार गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस