बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोनामुक्त


बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएको छ । कोरोना सङ्क्रमण भएपछि उहाँ सेल्फ होम आइशोलेशन बस्नुभएको थियो । सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताउनुभयो ।

आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्याक्ट ट्रेसिङमा पर्नुभएका खरेलमा समेत सङ्क्रमण पुष्टि भएको थियो । कोरोनामुक्त भएसँगै आजदेखि कार्यालयका काममा फर्किने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस