डोटीमा क्वारेन्टिनबाट भागेर घर गएका ७ जनामा कोरोना संक्रमण पुष्टि


डोटी,२८ असोज । डोटीमा क्वारेन्टिनबाट भागेर घर गएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत सोमबार राति उनीहरु क्वारेन्टिनबाट भागेर घर गएका थिए । डोटीको शिखर नगरपालिका–१ कपल्लेकीका उनीहरु भारतबाट आएका हुन् ।

उनिहरु गत शनिबार स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका १६ जनामध्ये १२ जना संक्रमित पुष्टि भएको थियो ।

केदारेश्वर माध्यमिक विद्यालयको क्वारेन्टिनबाट संकलित नमुना जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको थियो । नतिजा पोजेटिभ आएपछि सातै जनालाई मंगलबार साँझ फेरि क्वारेन्टिनमा राखिएको छ । घरका सदस्यहरुलाई पनि बाहिर जान नदिने र पाँच दिनपछि उनीहरुको स्वाब संकलन गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस