कार्तिक ७ गतेसम्म पनि विदेशी च्यानलमा विज्ञापन प्रसारण नहटाए विदेशी च्यानल बन्द गर्ने सरकारको चेतावनी


काठमाडौं,२८ असोज । कार्तिक ७ गतेसम्ममा विदेशी च्यानल क्लिन फिड (विज्ञापन मुक्त) हुनुपर्ने सरकारले अल्टिमेटम दिएको छ । सरकारले नेपालमा बिना विज्ञापनका विदेशी च्यानललाई मात्र प्रसारण अनुमति दिने भएको छ।

‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड हुनुपर्ने छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएको ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले ऐनको मर्म र भावना अनुरुप नै क्लिफिडसहितको च्यानल प्रसारण गर्न आग्रह गरेको छ । त्यसो नभएमा कानूनअ बमोजिम हुने मन्त्रालयले बताएको छ।

प्रतिक्रिया दिनुहोस