चितवनमा नवलपरासीका कोरोना संक्रमित पुरुषको मृत्यु


चितवन,२८ असोज । चितवनमा पूर्वी नवलपरासीका एक कोरोना संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मध्यविन्दु-१५ का ७५ वर्षीय पुरुषको मंगलबार राति मत्यु भएको हो । आईसीयूमा उपचाररत उनको राति १० : २० बजेको समयमा मृत्यु भएको हो। गत असोज १८ गते श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका उनमा असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस