लोकसेवाले ठुलो सङ्ख्यामा खोल्यो सहसचिव र उपसचिवको विज्ञापन


काठमाडौं,२८ असोज । लोकसेवा आयोगले ठूलो सङ्ख्यामा सहसचिव र उपसचिव पदका लागि आवेदन खुला गरेको छ।

राजपत्राङ्कित प्रथम र द्वीतीय श्रेणी (प्राविधिक/अप्राविधिक), स्वास्थ्य सेवातर्फ नवौं र एघारौं तहका पदका लागि बुधबार आयोगले विज्ञापन खुलाएको हो। आयोगले एक सूचना प्रकाशित गर्दै १८२ सहसचिव र ४५६ उपसचिव पदका लागि विज्ञापन खुलाएको हो।

निजामती सेवा, सङ्घीय संसद् सेवा तथा स्वास्थ्य सेवा तर्फ गरी खुलेको विज्ञापनमा योग्यता पुगेका उम्मेदवारहरूले कार्तिक १८ सम्म आवेदन दिन सक्नेछन्। आयोगको वेवसाइट https://psc.gov.np/ मा गएर अनलाइनबाटै आवेदन दिन सकिनेछ। दरखास्त दस्तुर रा.प पहिलो श्रेणी र स्वास्थ्यतर्फ एघारौं तहका लागि एक हजार पाँच सय र रा.प द्वीतीय श्रेणी/नवौं तहका लागि एक हजार दुई सय रुपैयाँ बुझाउनु पर्ने आयोगको भनाइ छ।

हेर्नुहोस विज्ञापन:

प्रतिक्रिया दिनुहोस